काठमाडौः हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस मुक्त भएका छन् । करिब ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’
गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवादसमेत दिएका छन्। सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन उनको अनुरोध छ । उनलाई कात्तिक १० गते संक्रमण पुष्टि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया