असार ३२, २०८२ बुधबार July 16, 2025

कोरोनाका कारण गोरखामा थप एक वृद्धको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखा अस्पतालमा मंंगलबार विहान ७ बजे ८३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–७ च्याङलीका कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल भर्ना भएका उक्त वृद्धको आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त वृद्ध फोक्सोको क्यान्सर दीर्घरोगी समेत भएको अस्पतालले उल्लेख गरेको छ ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । साथै यो सहित गोरखामा कोरोनाको कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया