असार ३२, २०८२ बुधबार July 16, 2025

काठमाडौंमा ६८५ सहित उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ६७४ संक्रमितमध्ये ८९९ उपत्यकाका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् ।
यसैगरी २४ घण्टामा ३ हजार ३२३ जनाले कोरोना जितेका छन् । यो अवधिमा ७ संक्रमितको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया