श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आयो- नेता गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

शनिबार दाङको तुलसीपुरमा पार्टीका नेता कार्यकर्तासँगको भेटका क्रममा गौतमले भन्नुभयो, ‘पछिल्लो समयमा हाम्रो पार्टीभित्र केही समस्या देखिएका छन् । पार्टीभित्रका समस्या समाधान गर्दै एकतालाई बलियो बनाउन हामी लागिपरेका छौं । एउटा सिंगो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ । यसका लागि सबै तयार रहनुहोस् ।’

समाजवादको आधार तयार पार्न लाग्नुपर्ने बेलामा आन्तरिक समस्यामा पार्टी अल्झिनुले कार्यकर्तामा निराशा थपेको महसुस आफूलाई भइरहेको भन्दै राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गौतमले विवादलाई व्यवस्थापन गर्नतर्फ लागिपरेको बताउनुभयो । ‘समाजवादको आधार तयार पार्नुपर्ने बेला हाम्रो पार्टी आन्तरिक समस्यामा अल्झिरहेको छ । जसले सबैमा निराशा थपेको महसुस भइरहेको छ’, उपाध्यक्ष गौतमले भन्नुभयो, ‘पार्टीलाई विवादरहित बनाउन हामी लागिपरेका छौं । सहमतिको बिन्दु खाेज्ने हाम्रो प्रयत्न जारी छ ।’

कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प छ ।’

आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताउनुभयो । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’ सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार