श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ तर पार्टी फुट्दैन : नेता रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले नेकपा कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्।

जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा. रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए। उनले भने, “पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जाने छ।”

नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे। उनले थप भने, “नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन।”

नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए। जनमतको कदर गर्नकै लागि भए पनि पार्टी हमेशा एक ढिक्का भएर जानेसमेत उनले जानकारी दिए।

नेता रावलले नेकपा भ्रष्टाचारविरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही हुने बताए। नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उनको भनाइ थियो।

“हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ,” उनले भने, “नेकपाको सरकारको पालामा विकासका गतिले तीव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार गर्‍यो भन्ने आरोप लगाएका हुन्, जुन आरोप निराधार छन्।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार