असार २२, २०८२ आइतबार July 6, 2025

नगरपालिका भित्र एउटा शिक्षक नियुक्ति गर्ने अधिकार छैन- मोहन बहादुर बस्नेत, मेयर नागार्जुन नगरपालिका (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नगरप्रमुख हुनुभन्दा अगाडि गर्नुभएका विकाश र समृद्धिको नारा पुरा भएन नि ?

-पुरा भैराखेको छ, हामिले नगरको निर्वाचनमा जे-जे वाचाहरु गरेका थियौं, ति सबै बाचाहरु धेरै पुरा गरिरहेका छौं, केहि बाचाहरु पुरा हुन बांकि छन् । हाम्रो नारा विकाश र समृद्धिको बाटोमा नगरलाई लैजानु हो, हामी यो यात्रामा छौं । विकाश र समृद्धिमा हाम्रो नगरपालिका निरन्तर अगाडि बढिरहेको छ, सच्चा निष्ठापुर्वक यो नारा हामी जनतालाई व्यबहारमा उतारेर नगरलाई माथी पुर्याउछौं ।

नगरप्रमुखमा निर्वाचित हुनुभएको ३ वर्ष भयोतपाईले चुनावमा बाडेँका नगरविकाशका क्षेत्रमा के-के काम गर्नुभयो ?

– हामिले यस ३ वर्षको अवधिमा नेपालको संविधान २०७२ ले तोकेको क्षेत्राधिकार भित्र रहेर विभिन्न ऐन, नियमहरु बनायौं । जस्तो बाटोको मापदण्डहरु, भुकम्पले भत्काएका स्कुलहरुमा खुल्ला आकाश मुनि बसेर विद्यार्थिहरु पढ्न बाध्य थिए, नागार्जुन नगरपालिका भित्र १९ वटा सामुदायिक विद्यायलयहरु छन् । ति सबै विद्यालयहरुमा भौतिक पुर्वाधारहरु सम्पन्न बनाएका छौ । कृषि क्षेत्रलाई टेवा दिने हिसाबले अर्गानिक विउ- विजनहरु बाढ्ने देखि लिएर मानव श्रमलाई व्यबस्थित गर्नाको लागी हामीले हाते ट्याक्टरहरु बाढेका छौं । कृषि क्षेत्रमा सम्वन्धित किसानहरुलाई ५०० वटा उन्नत जातका बाख्राहरु बाँडिरहेका छौ, भने ५० वटा भैसी बाड्ने योजनामा छौं । पर्यटनको क्षेत्रमा हाम्रो नागार्जुन क्षेत्रको मठ-मन्दिर, वन, धार्मिक सम्प्रदायको रक्षाको लागी हामीले ७ करोड बराबरको बजेट विनियोजन गरेका छौं । त्यस्तै गरेर स्वास्थ्य सम्वन्धि १० वडाहरु मध्य ९ वटा वडाहरुमा घुम्ति क्लिनिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेका छौं । १८ करोड बराबरको १५ बेडको अस्पताल आगामी १५ गते सिलन्यास गर्न गईरहेका छौं ।

हामिले यस ३ वर्षको अवधिमा नेपालको संविधान २०७२ ले तोकेको क्षेत्राधिकार भित्र रहेर विभिन्न ऐन, नियमहरु बनायौं ।

तपाँईको नगरभित्र भएका ठुला समस्याहरु चाँहि के-के छन्  ?

-सबैभन्दा ठुलो समस्या भनेको नै स्थानिय सरकारलाई पर्याप्त अधिकार नदिनु नै हो । यहाँ भएका सबै क्षेत्रका समस्याहरु जस्तो शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सम्पुर्ण विकाशका लागी स्थानिय सरकारलाई अधिकार सहितको स्वामित्व चाहिन्छ, अधिकार सम्पन्न भएपछि मात्र ति समस्याहरुको पहिचान हुन्छ ।

ऐन र नियमको कुरा झिकेर स्थानिय सरकारले आफ्नो कमजोरीलाई लुकाउन खोजेको त हैन नी ?

-तेस्तो हैन, देशैभरिका स्थानिय निकायहरु अधिकार नहुदाँ पिरोलिएका छन् । काम गर्न सकेका छैनन, जस्तो भनौं नगरपालिका भित्र एउटा शिक्षक नियुक्ति गर्ने अधिकार छैन । यो त एउटा उदाहरण मात्र हो, यस्ता कयौ समस्याहरु छन, जसले स्थानिय सरकारको भुमिका शुन्य छ ।

विकाशको लामो फेरिहस्त सुनाउनुभयोस्थानिय सरकारलाई आवश्यक पर्ने सम्पुर्ण नियम-कानुनहरु बनिसकेका हुन् ?

– स्थानिय निकायहरुलाई संविधानले परिकल्पना गरेको अधिकारहरु केन्द्र र प्रदेश सरकारले कटौति गरेको छ । स्थानिय सरकार स्थानिय जनताको हो, भन्नको लागी त्यो खालको व्यबस्था बन्न सकेको छैन । वास्तवमा स्थानिय सरकारलाई बाध्ने काम भैराखेको छ । पर्याप्त अधिकार हुदां-हुदैपनि केन्द्र र प्रदेश सरकारको हस्तक्षेपकारी भुमिका खेलेको देखिएको छ ।

नागार्जुन नगरपालिका भित्र अव्यबस्थित शहरिकरण हुनुमा स्थानिय सरकारको मात्र दोष छैन ।

 स्थानिय सरकारको अधिकारको लागि तपाईहरुको मेयर फोरममा छलफल भएन र ?

– प्रदेश र केन्द्र सरकारले स्थानिय सरकारलाई सम्पुर्ण अधिकार दिदां हामी तल पर्छौं, कि भनेर अधिकार आफैंसंग राखेको छ, अहिलेको सत्तासिन दल र प्रतिपक्ष सबैले स्थानिय सरकारलाई हात बाधेर राख्ने हो,  भने यो व्यबस्थानै धरापमा पर्ने देखिन्छ । यसका लागी हामिले मेयर फोरममा कुरा उठाएका छौं । आशा छ, यो व्यबस्था जोगाउनका लागी स्थानिय सरकारलाई अधिकार सम्पन्न बनाउन नेताहरुले भुमिका खेल्नेछन् ।

मेयर फोरममा विभिन्न दलबाट टिकट लिएर निर्वाचित भएका मेयरहरु छन, सत्तासिन पार्टीबाट टिकट लिएर मेयर जितेका मेयरहरुले चाँहि स्थानिय अधिकारको लागी कत्तिको आवाज बुलन्द गरेका छन?

-एकदमै महत्वपुर्ण प्रश्न गर्नुभयो, जुन पार्टिको सरकार छ, त्यो पार्टीको जनप्रतिनिधीहरुले स्थानिय अधिकारको लागी नबोलेको हो की? अथवा सरकारलेनै आफ्नै साथिहरुलाई विश्वास नगरेका हुन की त्यो बुझ्न गाह्रो छ । केन्द्रदेखि स्थानिय निकायसम्म ८० प्रतिशत निर्वाचित हुनुहुन्छ, वहाहरुले किन यो व्यबस्थालाई कार्वन्यन गर्न हिचकिचाईरहेको छ, गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ, सत्तासिन पार्टिको जनप्रतिनिधिहरुले आवाज मेयर फोरममा र वहाँहरुको पार्टीमा गम्भिर उठाएको देखिएन ।

अधिकार कार्यन्वयनको विषयमा पनि मेरो पार्टी र उसको पार्टी भन्ने सोच भएका मेयरहरुले नगरको विकाश गर्लान भन्ने के आशा भयो र ?

-कम्युनिष्ट पार्टिभित्र आवाज राख्नने र विद्रोह गर्ने अधिकार हुन्छ, तर स्थानिय निकायको हात खुट्टा बाधेर राख्दापनि जनप्रतिनिधीहरु चुप लागेर बस्नु भनेको विडम्वनाको कुरा हो । एउटा त वहाँहरु सक्षम हुनहुन्न भन्ने अर्थ लाग्छ भने अर्काचाँहि वहाँहरु ठुला नेताको चाप्लुसी गर्नुहुन्छ, भन्ने अर्थ राख्दछ । अधिकार नदिईकन स्थानिय सरकारले विकाश गर्न सक्दैन, अधिकार खोस्दापनि चुप लागेर बस्नु भनेको वहाँहरुको असक्षमतानै हो ।

कम्युनिष्ट पार्टिभित्र आवाज राख्नने र विद्रोह गर्ने अधिकार हुन्छतर स्थानिय निकायको हात खुट्टा बाधेर राख्दापनि जनप्रतिनिधीहरु चुप लागेर बस्नु भनेको विडम्वनाको कुरा हो ।

संविधानलाई संस्थागत ढङ्गबाट कार्यन्वयन गर्न सत्तासिन पार्टीले बाटो बिराईरहेको खण्डमा प्रतिपक्षले चाँहि कस्तो भुमिका खेलेको छ नी ?

-सत्तासिन पार्टीको केन्द्रदेखि स्थानिय निकायसम्म ८० प्रतिशत भन्दा धेरै निर्वाचित हुदांपनि संविधान कार्यन्यन नहुनुले एउटा गम्भिर मोडमा पुराईरहेको छ । सबै ठाउँमा सत्तासिन पार्टी हावी भएको हुदां प्रतिपक्ष दलले यस विषयमा भुमिका खेल्न सक्ने अवस्था छैन । अहिलेको व्यबस्थामा केहि दुर्घटना हुदां अहिलेको नेतृत्व पुर्ण रुपमा दोषी देखिन्छ ।

सबै ठाउँमा सत्तासिन पार्टी हावी भएको हुदां प्रतिपक्ष दलले यस विषयमा भुमिका खेल्न सक्ने अवस्था छैन ।

कोभिड-१९ मा यस नगरपालिकाले के-के भुमिका खेल्यो?

-कोभिड-१९ मा हाम्रो नगरभित्रका युवा क्लव, आमासमुह, विभिन्न संघ-संस्था, सुरक्षा निकाय र जनप्रतिनिधिहरु परिचालन गरेर हामी यो लडाँई लडिरहेका छौं । हालसम्म हामीले १९०० मानिसहरुलाई निशुल्क कन्ट्याक ट्रेसिङ्ग गराई पिसिआर परिक्षण गराएका छौं । १५०० जना कोरोना सक्रमण देखिएको र ति मध्य ५ जनाको मृत्यु भएको छ । सक्रमित विरामीको लागी बेडुङ्गामा १२ बेडको र ईचुङ्गुमा ३० बेडको क्वारेन्टिन निर्माण गरेका छौं, क्वारेन्टाईनमा भएका सम्पुर्ण विरामीहरुको लागी सुविधा सम्पन्न पुर्वाधारहरु निर्माण गरेका छौं, यस नगरपालिका भित्र भएका गरिव दैनिक ज्यालामजदुरी गरेर बस्ने मानिस तथा डेरामा बस्नेहरुलाई खाननपाएका हरुलाई हामीले घर-घरमा गएर राहत बाँडिरहेका छौं, सुत्केरी तथा अशक्त्त महिलाहरुलाई पौष्टिक आहारको लागी लकडाउनको शुरुबाट अन्तयसम्म ३५० जनालाई ५००० हजारका दरले पैसा वितरण गर्यौं ।

यस नगरपालीकामा पर्यटन क्षेत्र पनि एकदमै सम्भावना बोकेको निकाय हो यसमा तपाँईले के भुमिका खेल्नुभयो?

-पर्यटनको लागी यस क्षेत्रमा भएको राष्टिय निकुञ्ज, नागार्जुन दरवार, नागार्जुन मन्दिर, पिकनिक स्पोटहरु लगाएतका महत्वपुर्ण चिजहरु छन । यसका लागी हामीले विभिन्न बजेटहरु विनियोजन गर्ने, मठ-मन्दिरहरुलाई संरक्षण गरी राख्नने कार्य देखि पर्यटन वर्ष २०२० को लागी सम्पुर्ण तयारीहरु गरेर राखेका थियौं । तर कोभिड-१९ ले तहस-नहस बनाईदियो । पर्यटन क्षेत्रका लागी हामीले काम गरिरहेका छौं ।

तपाँईको नगरपालिका भित्र बढिरहेको अव्यवस्थित शहरिकरणलाई रोक्न केहि भुमिका खेल्नुभएको छ की छैन?

-सबैभन्दा पहिला यस्ता विषयहरुमा जनताहरु शिक्षित र संस्कार युक्त्त हुन जरुरी छ । जव जनताले यो कुरा बुझ्दैनन, तव कसैको केहि लाग्दैन । अर्को कुरा म फेरी चुनावमा उठ्नुपर्छ, फेरी जित्नपर्छ, भन्ने भावना पलाएपछि यस्ता समस्याहरु हल हुन सक्दैन । हाम्रो नगरपालीकाको हकमा मापदण्ड पुर्यायर मात्र बस्ति बसाल्न आह्वान गरिरहेका छौं ।

उसोभए तपाईले अव्यबस्थित शहरीकरणको लागी अर्को चोटी चुनावको लागी नवोल्नु भएको हो?

-तेस्तो हैन, राम्रो कामको लागी सबैले साथ दिनुपर्छ । नागार्जुन नगरपालीका भित्र एकदमै एकता छ । यहाँ अहिलेसम्म ७२ वटा बैठकमा प्राय सबै बैठकका निर्णयहरु सर्वसम्मतिले पारित भएका छन् । नागार्जुन नगरपालिका भित्र अव्यबस्थित शहरिकरण हुनुमा स्थानिय सरकारको मात्र दोष छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार