काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन माग गर्दै काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वको टोलीले मंगलबार बिहान महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो । पूर्वरानी रत्नको इतिहास मेटाउने महानगरकाे कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ।
महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन माग गरिएको उनले बताए। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया