काठमाण्डौंः कैलालीमा आज मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका १७ जना, लम्कीचुहा नगरपालिकाका ४ जना र कैलारी गाउपालिका र गोदावरी नगरपालिकाका एकर एक जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
योसंगै कैलालीमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ४१ पुगेको छ । तीमध्य हाल सम्म ३ हजार ७ सय ६७ जना संंक्रम मुक्त भएको स्वास्थ्य महाशाखाले जनाएको छ । कैलालीका कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १९ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया