श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ प्रधानमन्त्री ओलीले दिने – बिष्णु रिमाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कार्यकारी अध्यक्ष पुष्कमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ प्रधानमन्त्री ओलीले दिने स्पष्ट पारेका छन् ।

पार्टीको मान्यताअनुसार अध्यक्षले एक्ला एक्लै प्रस्ताव ल्याउने चलन नभएको उनले स्पष्ट पारे । उनले दाहालले ल्याएको प्रस्ताव पार्टीको नहुने जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमाथि प्रधानमन्त्री ओलीले जवाफ दिने पनि सुनाए ।

उनले भने,‘प्रधानमन्त्री ओलीले जवाफ ल्याउने वा प्रस्ताव पेश गर्ने कुरा अध्यक्षको रुपमा ल्याउने हो नि ।’ आफूहरुको काम भनेको पार्टीमा विग्रह ल्याउने नभएकोले पार्टीभित्र ल्याईने कुराहरु विधिसम्मत रुपमा आउनुपर्नेमा जोड दिएका छन् । प्रचण्डले ल्याएको प्रस्ताव विधिसम्मत नभएको उनको भनाई छ ।

नेताहरुले आफ्नै साथीहरुमाथि आरोप लगाउँदापनि पुष्टि हुनेगरि लगाउनुपर्ने उनको भनाई छ । ‘कसले कसलाई कारबाही गर्ने ? भन्ने कुरा भोलिको कुरा हो । हामीले संख्याको हिसाबले एकता गरेको होईन नि ।’–उनले भने । पार्टीलाई सम्हालेर लैजाने हो भने नेताहरुपनि जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार कुनैपनि हालतमा नढल्ने विश्वास दिलाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार