असार २७, २०८२ शुक्रबार July 11, 2025

राष्ट्र बैंकले रू. ५ र रू १० को नयाँ नोट चलनचल्तीमा ल्यायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज बुधवारदेखि रू. ५ र रू १० को नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

ती नोटहरुमा गत चैत ५ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । गभर्नर अधिकारी नियुक्त भएपछि दस्तखत गरिएको पहिलो नोट हो ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै विसं २०७६ लेखिएको उक्त दरका नोट बुधवारदेखि  बैंक तथा वित्तीय संस्थामार्फत बजारमा चलनचल्तीमा पठाएको बताएको छ ।

उक्त नयाँ नोटको अग्र भाग र पृष्ठ भागको डिजाइन पहिलेकै जस्तो छ । ती नोटमा गभर्नरको दस्तखत, मिति र सिरियल मात्र परिवर्तन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया