काठमाण्डौंः नेपाली कांग्रेस डडेल्धुराले नयाँ कृयाशिल सदस्यता बाड्न थालेको छ । १४ औँ महाधिवेशनको पुर्वसन्ध्यामा नेपाली कांँग्रेसले नयाँ सदस्यता बाढ्न थालेको हो ।
केन्द्रिय समितिको निर्देशन अनुसार जिल्ला कार्य समितीले सोमबार देखि नयाँ कृयाशिल सदस्यता बितरण गर्न थालेको छ ।
पार्टी केन्द्रिय सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गाँउ गन्यापधुरा गाउपालिका–१ रुवाखोलाबाट नयाँ सदस्यता दिन शुरुवात गरिएको कांग्रेसले जनाएको छ ।
सोमबार नेपाली काँग्रेस डडेल्धुरा सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले स्थानीय धौलीदेवी सार्कीलाई पहिलो नयाँ कृयाशिल सदस्यता प्रदान गरेर जिल्लाव्यापी रुपमा नयाँ कृयाशिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेका छन् ।
रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा कृयाशिल कार्यकर्ताहरुका साथै जिल्ला स्तरीय नेताहरु सहभागी थिए । गन्यापधुरा-१ का ८४ जनालाई नयाँ कृयासिल सदस्यता प्रदान गरेको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिए ।
मंगलबार नबदुर्गा गाँउपालिकाको डाडाबनमा आयोजना गरिएको एक कार्यक्रमको आयोजना गर्दे सदस्यता बितरण गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया