काठमाण्डौंः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन् ।
प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
हालसम्म गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ५ सय ५३ छ भने ६ हजार ७ सय ४० जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ६९ पुगेको निर्देशनालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया