असार २७, २०८२ शुक्रबार July 11, 2025

सुन तोलामा एक हजार ६ सयले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालामा बिहिबार आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले उकालो लागेको छ । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भई ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६ सय रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार एक सय ५० रुपैयाँमा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । प्रतितोला एक हजार एक सय ८५ रपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा खरीदबिक्री भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया