श्रावण २, २०८२ शुक्रबार July 18, 2025

साझा पार्टीसँगको एकतामा सहभागी नहुने विवेकशीलका सहित १३ नेताको संयुक्त घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टीमा मतदानपछि बहुमत सदस्यहरूले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए ।

उपाध्यक्ष अजिता राई र कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजुसहित १३ जनाले बिहीबार विज्ञप्ति जारी गर्दै साझासँगको एकतामा सहभागी नहुने घोषणा गरेका हुन् ।

‘अहिले एकीकरणका लागि सही समय होइन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुंग्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर त्यसको सकारात्मक नतिजा आएन,’ विज्ञप्तिमा भनिएको छ ।

विवेकशील नेपाली दलको यो पार्टीको स्वरुप सकिएको पनि उनीहरूको ठहर छ । ‘विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारीसहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन । वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक छ ।’

विवेकशीलका असन्तुष्ट नेताहरूले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर छलफलपछि तय गर्ने जानकारी दिएका छन् ।

त्यसरी असन्तुष्ट थप नेताहरूमा संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।

पहिले एकै ठाउँमा रहेका विवेकशील र साझा पार्टीको एकीकरण अन्तिम चरणमा पुगेको दुवै पार्टीले जनाएका छन् । नयाँ पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे हुने गरी एकीकरण प्रक्रिया अघि बढेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार