श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रामचन्द्र पौडेललमाथि भएको अभद्र व्यवहार प्रति काँग्रेस संसदिय दलको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले बिहिबार आज विज्ञप्ति जारी गर्दै बरिष्ट नेता पौडेलमाथि भएको अभद्र व्यवहारको कडा शब्दमा भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ । हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।

पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो । यस्तै, पौडेलले आज प्रहरीको कुटाइबाट आफूलाई थप पीडा बढेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजोभन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार