श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रामचन्द्र पौडेल पक्राउ प्रकरणः नेपाल महिला संघद्धारा गृहमन्त्रीको राजीनामा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।

संघकी अध्यक्ष उमा रेग्मीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बुधबार पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्‍यवहार गरिएको भन्‍दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।

महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसका वरिष्ठ नेतालाई बद्नियतपूर्ण दुर्व्‍यवहार र कार्यकर्तामाथि अश्रुग्याँस प्रहार लोकतन्त्रमाथिकै प्रहार हो । दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ।’

संघले सकार लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण भएको ठहर गरेको छ। यसका साथै सरकारको यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ।

बुधबार कांग्रेसका वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर दुई घण्टापछि मात्रै छाडेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार