श्रावण १, २०८२ बिहिबार July 17, 2025

डा. गोविन्द केसी कोरोना सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डा. गोविन्द केसी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । डा. केसीका सहयोगी प्रितम सुवेदीले उनी कोरोना सङ्क्रमणबाट २१ दिनपछि मुक्त भएको बिहिबार साँझ जनाएका हुन्।

पृतम सुवेदीका अनुसार डा. केसीलाई विहिबार साँझ ६ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज समेत गरिएको छ ।

डा. केसीलाई गत कार्तिक २७ गते बिहीबार रुघाखोकी र ज्वरो देखा परेपछि पिसिआर विधिबाट कोरोनाभाइरसका लागि परीक्षण गरिँदा पोजिटिभ नतिजा आएको थियो । रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया