काठमाण्डौंः पछिल्लो समयमा आएर नेकपामा विवाद बढ्दै गएको छ । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकर्ल याली गरेको छ ।
पार्टी कार्यालय सानोपोखराबाट निस्किएर्को यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको जनाइएको छ ।
शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे ।
कांग्रेस–कम्युनिष्टको गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिइने बताए । राप्रपाको नेतृत्वमा अशली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले दाबी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया