असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ।

गत २४ घण्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया