श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा एकताबद्ध भएर अघि बढ्छ – प्रमुख सचेतक अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताएका छन्।

मर्स्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३ औँ पुण्यतिथिको अवसरमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उहाँले पार्टीमा अहिले छलफल चलिरहेकाले यो छलफलबाट पार्टी विभाजन नुहने, झन् बलियो भएर अघि बढ्ने बताएका हुन्।

नेकपा बलियो र एकजुट भएमा मात्र देश विकास हुने बताउँदै उनले पार्टीका शीर्ष नेताहरुलाई एकजुट भएर अघि बढ्नलाई समेत आग्रह गरेका छन्। नेकपा बलियो बनाउनका लागि महाधिवेशनमा समेत जानुपर्ने उनको भनाइ छ। उनले भने, “पार्टीका वडासचिवको निधनले परिवार शोकमा रहे पनि शोकलाई शक्तिमा बदलेर जानुपर्छ।”

गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा लमजुङका सचिव धनञ्जय दवाडीले पार्टीले कर्मठ कार्यकर्ता गुमाएको र स्थानीय कमिटीलाई अतुलनीय क्षति पुगेको बताएका छन्। उनले भने, “शोकलाई शक्तिमा बदल्दै यमबहादुरका छोराछोरीले टुहुरा महसुस गर्नु नपर्ने र अभिभावका रूपमा नेकपा रहेको छ।”

श्रद्धाञ्जलि कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, सोही वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेत, नेकपाका कार्यकर्ता तथा स्थानीयवासीले फूल माला चढाएर श्रद्धाञ्जलि दिँदै बोहोराको निधनले गाउँलाई नै स्तब्ध बनाएको बताएका थिए।

नेकपा वडा कमिटीका सचिव ५७ वर्षीय बोहोराको यही मङ्सिर ८ गते हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। बोहोराको एक श्रीमती, तीन छोरी र एक छोरा छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार