काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन अस्पतालहरुलाई पुनः चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी अनुगमन गरी कारबाहीका लागि केस व्यवस्थापन कार्यदलले अत्यावश्यक काम गर्ने जानकारी दिए।
साथै खोपको प्राविधिक नोट तयार गरी आगामी बुधबारसम्म इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकमा स्वास्थ्य सेवा विभागले प्रस्तुत गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
सबै प्रदेशमा उच्चस्तरीय सेवा व्यवस्थापन तथा एम्बुलेन्स व्यवस्थापन समिति, केस इन्भेस्टिकेसन तथा कन्ट्याक्ट समिति, सूचना तथा जोखिम सञ्चार समन्वय समिति, प्रदेशस्तरीय मेडिकल टास्क फोर्स बनाएर काम गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया