काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार २१७ जना थपिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २१७ जनामा कोरोना पोजेटिभ देखिएको हो । साथै बिहीबार नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या एक हजार ६६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया