श्रावण २, २०८२ शुक्रबार July 18, 2025

संघीयताकै कारण राष्ट्रियता कमजोर र संकटमा पर्यो- चित्रबहादुर केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । जनमोर्चा रुपन्देहीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।

सत्तापक्ष र प्रतिपक्षकै कमजोरी र भ्रष्टाचारमा मिलेमतोका कारण प्रतिगमनको खतरा रहेको केसीको भनाइ थियो । भारतलाई इंगित गर्दै उनले नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

नेताहरुको आर्थिक हैसियत विना उद्योग, व्यापार आकाशिएको भन्दै उनले सम्पत्ति छानविन गर्नुपर्ने माग गरे । सो पार्टीकी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउँदै ऋण खोजेर संघीयता टिकाउन नसकिने बताइन् ।
संघीयताकै कारण राष्ट्रियता कमजोर र संकटमा परेको उनको तर्क थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार