काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आर्थिक विवादमा मुछिएको प्रति श्रीमती इन्द्रमाया तामाङ र याम्बालिङ हाइड्रोपावर प्रालिले आपत्ति जनाएका छन् । तामाङ र जलविद्युत आयोजनाले नेकपा प्रवक्ता श्रेष्ठ आर्थिक अनियमितामा नजोडिएका स्पष्ट पारेका हुन् ।
तामाङ दम्पतीका नाममा रहेको उक्त आयोजना टाट पल्टिने अवस्थामा स्वामित्व परिवर्तन भएको प्रष्ट पारिएको छ । आर्थिक, राजनीतिक र सामाजिक जीवन सिद्धिने अवस्थामा सुसन कर्माचार्यले सहयोग पु¥याएको पूर्व राजदूत कमानसिंह लामाकी पत्नी इन्द्रमायाले बताइन् । श्रीमान् र आफूबीचको द्वन्द्वका कारण हाइड्रोको सेयर संख्या परिवर्तन भएको उनले उल्ल्ेख गरेकी छन् ।
अभिभावकको नाताले विवादको विषयले श्रेष्ठलाई जानकारी गराएको उनले बताइन् । आर्थिक पारदर्शिताको र अनुशासन कायम गर्न श्रेष्ठले सुझाव दिएको उनले दाबी गरीन् ।
निष्ठापूर्ण जीवनलाई बदनाम गराउन केही व्यक्ति र संस्था लागेको भन्दै उनको आपत्ति छ । त्यस्तै , लामाको स्वामित्वमा रहेको जलविद्युत आयोजना आर्थिक संकटमा परेपछि स्वामित्व हस्तान्तरण भएको याम्बालिङ हाइड्रोपावर प्रालिले जनाएको छ । आर्थिक संकटमा गुर्जिरहेको आयोजना टेकओभर गरिएको प्रालिले प्रष्टाएको छ ।
कम्पनीको कार्यमा संलग्न नै नरहेका नेकपा प्रवक्ता श्रेष्ठको चरित्र हत्या गर्ने प्रयास दुर्भाग्य रहेको आयोजनाले जनाएको छ। लामाकै आग्रहमा समाधान निकाल्ने छलफल अन्यथा नहुने प्रालिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया