काठमााडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शनिवार बिहान आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पूर्व केन्द्रीय सदस्य तथा प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
८० वर्षे श्रेष्ठको ब्रेन ह्यामरेजपछि उपचारका लागि अस्पताल भर्ना गरिएको अवस्था उपचारको क्रममा निधन भएको हो। २०१४ सालदेखि कांग्रेसमा आबद्ध श्रेष्ठले प्रजातन्त्रका लागि पटक पटक गरी १४ वर्ष जेल जीवन बिताएका थिए ।
२०१९ सालमा दरबारमा बम विस्फोट गराउने योजना बनाएको अभियोगमा उनलाई निरन्तर ११ वर्ष जेल हालिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया