असार २७, २०८२ शुक्रबार July 11, 2025

पेट्रोल तथा डिजेलको मुल्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आईओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया