काठमाडौंः पूर्वसांसद सरिता गिरीले आफूलाई चीनको इसारामा सांसद पदबाट हटाएको आरोप लगाएकी छन् । उनले आफूलाई हटाउने विषयमा सत्तारुढ नेकपा र आफ्नो पार्टी जनता समाजवादी पार्टी मिलेको आरोप लगाइन् ।
सप्तरी सदरमुकाम राजविराजमा आज आयोजना गरिएको मधेश जनसभालाई सम्बोधन गर्दै उहाँले आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स मार्फत खुशियाली मनाएको दावी समेत गरिन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई तिब्बत बनाउन खोजेको गिरीले बताईन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया