श्रावण ३, २०८२ शनिबार July 19, 2025

हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाद्धारा जनप्रदर्शन र संघर्षको कार्यक्रम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान, सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै जनप्रदर्शन र संघर्षको कार्यक्रम तय गरेको हो ।

आन्दोलनको कार्यक्रमअनुसार पुस १२ गते देशका ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले बताए ।

त्यस्तै पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने, पुस चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने निर्णय गरेको नेता श्रेष्ठले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार