काठमाण्डाैंः नेपाली बजारमा सुनको भाउ फेरि उकालो चढेको छ । बिहिबार आज सुनको भाउ तोलामा आठ सय रुपैँयाले उकालो लागेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६ सय ५० मा कारोबार भइरहेको छ । हिजो भने ९१ हजार ८ सय ५० मा कारोवार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि तोलाको ३० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया