असार २१, २०८२ शनिबार July 5, 2025

उखु किसानको बक्यौता ७ दिनभित्र तिर्ने व्यवस्था मिलाउन आपूर्ति मन्त्रालयलाई संसदीय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसदीय समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उखु किसानको बक्यौता रकम सात दिनभित्र तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

बिहीबार सिंहदरबार संसद सचिवालयमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।

समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा बिहीबार मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो।

त्यस्तै समितिले श्रम मन्त्रालयलाई उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न पनि निर्देशन दिएको छ। बक्यौता रकम भुक्तानी नगरिएपछि उखु किसानहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया