काठमाण्डौं: पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार १२१ महिला र १६६ पुरुष गरी २ सय ८७ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्।
त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया