काठमाण्डौंः प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सो दिन बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया