काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वकै शक्तिशाली र कानुनी राज्य भएको अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
बिहीबार ट्वीट गर्दै देउवाले युएस कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको र सारा विश्वने यतिबेला आश्चर्यचकित भएको पनि बताए ।
उनले लेखेका छन्, ‘अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’ उनले भने अबका दिनमा यस्तो घटना घट्दैन भन्नेमा हामी आशावादी छौं ।
राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए । घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं घाईते भएका छन । र केही व्यक्त्री पक्राउ समेत परेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया