असार २७, २०८२ शुक्रबार July 11, 2025

हिमाललाई समृद्धिको आधार बनाउनुपर्दछ : मुख्यमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा बिदाइ गर्दै उहाँले साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमश्रृङ्खलालाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश हिमाश्रृङ्खलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उहाँले यिनीहरुको पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पु¥याउन सकिने बताउनुभयो ।

कोरोना महामारीका कारण समग्र पर्यटनलाई प्रभाव पारेपनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा खुल्ला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले नेपाल पर्वतारोहण सङ्घलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उहाँले त्यसमार्पmत प्राप्त हुने रोयल्टिलाई अन्य हिमालको प्रवद्र्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेपनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमाल आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताउनुभयो । प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउँदै उहाँले पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसँगै कोरोनाको कारण सिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित टोलीले छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्न लागिएको बताउँदै उहाँले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले शुरु गरेको व्यवसाय प्रवद्र्धन कोष अविलम्व कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशप्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबैको साथ र सहयोगको आवश्यक पर्नेमा जोड दिँदै त्यसका लागि बोर्ड आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका– १७ रातोपैह्रास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागी टोलीलाई राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

आरोहण टोली आज मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाइको याकखर्कको फेदी हुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालीममा सहभागी हुनेछन् भने माघ ३ गते शनिबार मनोरम हिमाल धम्पुस आरोहण गर्ने कार्यक्रम रहेको छ । आठ दिनको उक्त आरोहण कार्यक्रमअन्तर्गत कूल २६ जनाको टोलीमध्ये दुई महिलासहित नौ जना व्यवसायी र एक जना सञ्चारकर्मी गरी १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार