असार २७, २०८२ शुक्रबार July 11, 2025

माघ १ गतेदेखि उपभोक्ताबाटै लिटरमा थप ५० पैसा असुल्ने पेट्रोलियम व्यवसायीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ १ गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।

आयल निगमलाई कमिसन बढाउन पटक–पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।

मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३।१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ ।

हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार