श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उदयपुरको त्रिवेणी धाममा आजबाट धार्मिक मेला सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको कटारीस्थित कमला नदीमा अवस्थित त्रिवेणी धाममा यसवर्ष पनि आजदेखि १५ दिने माघे सङ्क्रान्ति मेला सुरु भएको छ ।

प्रदेश नम्बर १ कै महत्वपूर्ण त्रिवेणी धार्मिकस्थलको रुपमा रहेको सो मेला कोभिड–१९ को जोखिमका कारण विगतका वर्षजस्तै विभिन्न तामझाम गरेर सञ्चालन नगरिएको कटारी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार यसपटक सञ्चालन गरिएको मेलामा विगतका वर्ष जस्तो विभिन्न सर्कस, पिङ, रमाइलो खेलकूद सञ्चालन नगरिएको तर दर्शन गर्न आउने भक्तजनका लागि खाना र नास्ताका सामान्य होटल स्थापना गरिएको छ । त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन तथा पूजा आरधना गर्नका लागि मात्र धार्मिक मेला सञ्चालन गरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए ।

बिहीबार बिहानैदेखि स्थानीय कटारी, सिन्धुली क्षेत्रका झण्डै पाँच हजार भक्तजनले त्रिवेणी धाममा मकर नुहाएर पूजा तथा आरधना गरिसकेको मेला आयोजक समितिका सदस्य केदार धमलाले जानकारी दिए ।

विगतका वर्षमा त्रिवेणी धाममा दर्शन गर्नका लागि प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, प्रदेश नम्बर ३ का मकवानपुर, सिन्धुली काभ्रेपलाञ्चोक, रामेछाप, काठमाडौंसहित भारतका पश्चिम बंगालको दार्जीलिङ, सिक्किम र बिहार प्रदेशबाटसमेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेको मेला आयोजक समितिले जनाएको छ ।

विगतका वर्षमा यस मेलामा सात लाखदेखि दश लाखसम्म भक्तजन दर्शन गर्न आउने गरेको भएपनि यस वर्ष कोभिड–१९ जोखिमका कारण करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार