श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपालमा थप ४ सय ३ जनामा काेराेना सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लाे २४ घण्टामा चार सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै कुल सङ्क्रमितकाे सङ्ख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा पीसीआर परीक्षणकाे सङ्ख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षण भएसँगै कुल सङ्ख्या २० लाख दुई हजार ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लाे २४ घण्टामा चार सय पाँच जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे कुल सङ्ख्या दुई लाख ६० हजार एक सय ७७ पुगेकाे छ ।

थप ६ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय ४३ पुगेकाे छ ।

बिहीवारसम्म चार हजार चार सय २६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने दुई सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया