काठमाण्डौंः विश्व महामारी कोभिड-१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोनाबाट २० देशमा तीन सय १९ जनाको निधन भएको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा संक्रमण देखिएको छ । यसमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका केही नेपालीमा संक्रमण देखिएको छ ।
भाइरसका कारण नेपालमा एक हजार नौ सय ५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनामुक्त भएको संघ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया