श्रावण १, २०८२ बिहिबार July 17, 2025

अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ लगायत अन्य बिरामीको सेवामा सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई भेन्टिलेटर, ह्विाल चियर लगायतका मेडिकल सामग्री प्रदान गरेको छ ।

रोटरी क्लब अफ मध्यपुरको समन्वयमा अस्पताललाई रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन २ की असिस्टेन गर्भनर (एजी) रमा कँडेलले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई भेन्टिलेटर दुई थान, व्ह्विाल चेयर चार थान र अन्य मेडिकल उपकरण हस्तान्तरण गर्नुभएको हो ।

नगर प्रमुख श्रेष्ठले रोटरी क्लबले यसअघि पनि अस्पताललाई पिसिआर ल्याब मेशिन, मिर्गौलाका बिरामीका लागि डायलोसिस मेशिनलगायत उपकरण दिएको बताउँदै क्लबले मध्यपुरथिमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो ।

रोटरी क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापतिले रोटरी एउटा विशुद्ध सामाजिक संस्था भएकाले सधँै स्थानीय जनता र समाजको हितका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार