काठमाण्डौंः सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १५७ सहित कूल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा २४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया