काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उहाँले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिनुभयो । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिनुभयो ।
अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गर्नुभएको थियो ।
शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गर्नुभएका मन्त्री त्रिपाठी आज बुटवल आउनुभएको हो । उहाँले बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गर्नुभएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया