काठमाण्डौंः प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया