श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि – हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ७५ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः थप १५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ११८ पुगेको छ । थप चार हजार १४५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ७५ हजार १५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६६ हजार ६०० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर दुई हजार ४८९ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा तेह्रथुमका एक, सुनसरीका चार, बाराका एक, महोत्तरीका एक, काठमाडौँका ७०, काभ्रेपलाञ्चोकका पाँच, चितवनका १६, धादिङका एक, नुवाकोटका पाँच, भक्तपुरका पाँच, मकवानपुरका एक, ललितपुरका १०, कास्कीका २१, गोरखाका दुई, तनहुँका दुई, म्याग्दीका एक, लमजुङका दुई, बागलुङका दुई, अर्घाखाँचीका दुई, गुल्मीका दुई, पाल्पाका दुई, बाँकेका दुई तथा रोल्पाका एकजना रहेको मन्त्रालयले जनाएको छ ।

शून्य मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार २९ पुगेको छ । यसअघि यही माघ १६ तथा गत साउन ४, साउन ५ तथा साउन ८ गते कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार