काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।
शनिवारबाट डिम्याट खातामा आएसँगै आगामी सातादेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ ।कम्पनीको स्टक कोड निफ्रा रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपियाँ ६२ पैसादेखि अधिकतम ३४० रूपियाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ११३ रूपियाँ ६२ पैसा रहेको छ ।
कम्पनीले जारी पूँजी २० अर्ब रुपियाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया