श्रावण १, २०८२ बिहिबार July 17, 2025

पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टिः सातको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।

थप सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार