असार २८, २०८२ शनिबार July 12, 2025

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्याँसको मूल्य १ हजार ४ सय पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया