श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ’- नेता प्रधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताएका छन् ।

नेपाल गृहस्थ धर्मसेवा सदनले आज यहाँ आयोजना गरेको ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’मा उनले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताएका हुन्।

“धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उनले भने । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताए ।

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताए । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उनको भनाइ थियो । रिपोर्टर्स क्बल नेपालका अध्यक्ष ऋषि धमलाले घरघरबाट जातीय विवेदको अन्त्य नगरेसम्म छुवाछुतमुक्त देश बन्न नसक्ने धारणा राखे ।

विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले धर्मको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गरे । एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार