असार २२, २०८२ आइतबार July 6, 2025

मुख्यमन्त्री शेरधन विरूद्ध प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव पेश भएको छ । आज अबेर गरि बसेको प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध ३३ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । राईविरुद्ध दाहाल-नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न दबाव दिएपनि सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भए पनि बैठक राखेका थिए ।

मुख्यमन्त्री राईले दाहाल पक्षका १६ सांसदलाई ३ महिना निलम्बन गरेको भन्दै सरकार पक्षका सांसदले सदन सुरु हुनुभन्दा अगाडि उनीहरुलाई उपस्थित नगराउन सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार