काठमाण्डौंः प्रधानमन्त्री निवाश बालुवाटारमा सोमबार बस्ने मन्त्रिपरिषद बैठकले विप्लवमाथी लगाईएको प्रतिबन्ध हटाउने र सरकारी वार्ता टोली गठन गर्ने भएको छ । नेपाल सरकारले दुई बर्षअघि विप्लव समुहको नेकपामाथि लगाइएको प्रतिबन्ध भोलि हटाउने भएको हो ।
सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले भोलि सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनाएको छ ।
समाचार स्रोतका अनुसार विप्लव समूहसँग वार्ता गर्न भोलि नै सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्रै विप्लव नेतृत्वको नेकपालाई वार्ताको टेबलमा ल्याइने जानकारी दिएका थिए ।
सरकारको यही निर्णय बमोजिम नै केही दिन पहिले बहालवाला मन्त्री मणि थापाले विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गरेका थिए । सोही बमोजिम सरकारले तयारी थालेपछि विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले शनिवार हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया