प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गर्नुभयो । उहाँले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा सङ्घलाई आग्रह गर्नुभयो ।
लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिषाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताउनुभयो ।
वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एक ढिक्का रहेको दाबी गर्नुभयो । “पार्टी एक ढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थप्नुभयो ।
नेकपाका स्थायी कमिटी सदस्य एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बाटो बिराएर बाहिर गएका नेतालाई पार्टीमा फर्कन आग्रह गर्नुभयो ।
नेकपाका अर्का नेता पूर्वमन्त्री महेश बस्नेतले एकताको नाममा लामो समयदेखि निष्क्रिय रहेका सङ्गठनका गतिविधिलाई चलायमान बनाउन पार्टी र सङ्गठनको पुनर्गठन गरिएको बताउनुभयो । उहाँले युवा सङ्घलाई जुझारु सङ्गठनको रुपमा विकास गरेर अघि बढ्ने विश्वास दिलाउँदै साइबर सेनाको औपचारिक घोषणा गरेर अघि बढ्नेसमेत बताउनुभयो । त्यसमार्फत साइबरबाट हुने आपराधिक गतिविधिका साथै गलत प्रचारप्रसारलाई चिर्दै अघि बढ्ने उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया